Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतको कार उत्पादनमा २०.८ प्रतिशतको गिरावत

बेलायतको कार उत्पादनमा २०.८ प्रतिशतको गिरावत


लन्डन, भदौ १२
बेलायतको कार उत्पादनमा २०.८ प्रतिशतले गिरावट आएको छ । जुलाईमा कार उत्पादनमा उल्लेख्य गिरावट आएको हो । विश्वव्यापी मागमा सुस्तता आएको र कारखानाहरुले समेत कम उत्पादन गरिरहेको सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी)ले बिहीबार जनाएको छ ।

तथ्यांकअनुसार उक्त दरले कार उत्पादन घटेको छ । जुलाईमा ८५ हजार ६ सय ९६ युनिट मात्रै उत्पादन भएको हो । आन्तरिक र बाह्य दुवै बजारमा कारको माग समेत घटेको बताइएको छ । कोरोना महामारीका कारण रोकिए पनि अहिले विस्तारै प्रतिबन्धहरु हट्नथाल्दा कार उत्पादन बढ्नथालेको एसएमएमटीले वक्तव्यमा जनाएको छ ।

हालसम्म वार्षिक हिसाबले यो वर्ष ३९.७ प्रतिशतले कार उत्पादन घटेको छ । यद्यपि अहिले विस्तारै उत्पादन बढ्नथालेको छ । खासगरी कुनै पनि सम्झौताविनाको ब्रेक्जिटलाई लिएर बेलायतमा निराशा बढिरहेको छ भने कोरोना कहरले उद्योगहरुमा व्यापक असर गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x