Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतमा नयाँ कार किन्ने घटे

बेलायतमा नयाँ कार किन्ने घटे


लन्डन, पुस २२
बेलायतमा नयाँ कार खरिद गर्नेको संख्यामा कमी आएको छ । सन् २०१९ मा नयाँ कार किन्नेको संख्या घटेको सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एण्ड ट्रेडर्स (एसएमएमटी)ले जनाएको छ । एसएमएमटीका अनुसार सन् २०२० मा पनि कार खरिदमा कमी आउनेछ । यो लगातार तेस्रो वर्ष हो भने सन् २०१३ यताकै न्यून रहेको बीबीसीले जनाएको छ । उपभोक्ताहरु दोधारमा परेको र ‘कन्फिडेन्स’ घटेको तथा स्वच्छ वायुका लागि सवारीसाधनमा गरिएको कडाइले यस्तो भएको बताइएको छ ।

सोही कारण पछिल्लो समय विद्युतीय तथा हाइब्रिड सवारीसाधन निर्माणमा अधिकांश अटो उत्पादक कम्पनीहरुले ध्यान केन्द्रित गरेका छन् । सन् २०१९ मा २३ लाख १० हजार नयाँ कार खरिदको माग भएको छ । जुन सन् २०१८ को तुलनामा २.४ प्रतिशतले कम हो । सन् २०१६ मा नयाँ कार खरिदले कीर्तिमान नै कायम गरेको थियो । उक्त वर्ष २६ लाख ९० हजार नयाँ कार खरिदका लागि माग भएको थियो । खासगरी पछिल्लो समय डिजल इन्जिनका कारको माग ह्वात्तै घटेको छ ।

सन् २०१८ को तुलनामा सन् २०१९ मा २२ प्रतिशतले यस्ता कारको मागमा कमी आएको छ । तर विद्युतीय कार खरिद भने बढेको छ । पूर्ण विद्युतीय कार खरिद गर्नेको संख्या १ सय ४४ प्रतिशतले बढेको बताइएको छ । युरोपेली संघले सन् २०२१ बाट पूर्ण विद्युतीय कारको लागि समयतालिका तोकिसकेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x