Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘वि वर्क’ नौ अर्ब डलर मूल्यवान् कम्पनी

‘वि वर्क’ नौ अर्ब डलर मूल्यवान् कम्पनी


अमेरिका ।
अफिस सेयरिङ कम्पनी वि वर्क सेयरबजारमा सूचीकृत हुने भएसँगै नौ अर्ब अमेरिकी डलर मूल्यवान् कम्पनी बन्ने भएको छ । बो एक्स एक्विजिसन कर्पले कम्पनी खरिद गरेपछि सेयरबजारमा कम्पनीको औपचारिक प्रवेश हुने भएको हो । यसको लागि वि वर्कको मूल्यांकन नौ अर्ब डलरको हुनेछ । यो भनेको सन् २०१९ मा अनुमान गरेभन्दा बढी हो ।

यसका लगानीकर्ताले संस्थापक आदम न्युम्यानको व्यवस्थापन र कम्पनीको लगानीबारे प्रश्न उठाएपछि उनले राजीनामा दिएका थिए । तर अहिले कम्पनी सेयरबजारमा प्रवेश गर्ने योजनासँगै व्यवसायमा फर्किएको हो । त्यसको लागि सयजति स्थानमा सेवा बन्द गरेको छ भने आदमले गरेका कतिपय संयुक्त उपक्रमबाट पनि हात झिकेको छ । सन् २०१९ को सेप्टेम्बरमा कम्पनीले दिएको रोजगारी पनि अहिले घटेको बताइएको छ ।

कोरोनाकालमा धेरैले घरबाटै काम गरे पनि अब फेरि त्यो अवस्था परिवर्तन हुने वि वर्कले अनुमान गरेको छ । यो कम्पनी संसारका एक सय ५२ सहरमा आठ सय ५० स्थानमा सञ्चालित छ । ठूला कम्पनी यसका ग्राहक हुन् । गत वर्ष कम्पनीले सन् २०१९ मा जति नै अर्थात् तीन अर्ब २० करोड डलर आम्दानी गरेको थियो ।

सन् २०२१ को पहिलो तीन महिनाभित्र पछिल्लो खरिद सम्झौता पूरा हुने बताइएको छ । वि वर्कमा जापानी सफ्टबैंकको लगानी छ । सम्झौतापछि बैंकले एक अर्ब ३० करोड डलर प्राप्त गर्नेछ । बो एक्स भने विशेष उद्देश्य भएको एक्विजिसन कम्पनी हो । यसले सार्वजनिक सूचीकृत कम्पनी किनेर निजी बनाउँछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया