Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एकै दिन झण्डै ६३ हजार संक्रमित

भारतमा एकै दिन झण्डै ६३ हजार संक्रमित


नयाँदिल्ली ।
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो विवरणमा भारतमा एकै दिनमा ६२ हजार ७१४ जना संक्रमित भेटिएका छन् । सोही अवधिमा २८ हजार सात सय ३९ जना मात्रै संक्रमणमुक्त भएका छन् ।

संक्रमित हुनेहरुभन्दा संक्रमणमुक्त हुनेहरुको दैनिक सङ्ख्या थोरै भएकाले संक्रमित अवस्थामै रहेकाहरुको संख्यामा समेत दिन प्रतिदिन वृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा तीन सय १२ जनाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल एक करोड १९ लाख ७१ हजार छ सय ३४ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी कुल एक करोड १३ लाख २३ हजार सात सय ६२ जना संक्रमणमुक्त भइसकेको मन्त्रालयको तथ्यांक छ । भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने चार लाख ८६ हजार तीन सय १० रहेको छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६१ हजार पाँच सय ५२ पुगेको छ । कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै कोरोनाभाइरसबाट अहिलेसम्म ५४ हजार ७३ जनाको मृत्यु भएको छ । भारतमा यही मार्च २७ सम्म कुल २४ करोड नौ लाख ५० हजार आठ सय ४२ जनाको कोरोना परीक्षण गरिएको छ भने कुल छ करोड दुई लाख ६९ हजार सात सय ८२ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ । (रासस–एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया