Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोपेली अर्थतन्त्र पुनः मन्दीतर्फ उन्मुख

युरोपेली अर्थतन्त्र पुनः मन्दीतर्फ उन्मुख


ब्रसेल्स ।
युरोपेली अर्थतन्त्र कोरोनाकै कारण पुनः मन्दीतर्फ उन्मुख भएको छ । बीबीसीका अनुसार कोरोना महामारीका कारण सार्वजनिक जीवनशैलीमा कडिकडाइ हुनथालेसँगै अर्थतन्त्रमा त्यसको प्रभाव परेको बताइएको छ ।

युरोपमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएका छन् । सोही कारण कोभिडसम्बन्धी कडाइ भइरहेका छन् । जनवरीदेखि मार्चसम्मको अवधिमा युरो क्षेत्रको अर्थतन्त्र ०.६ प्रतिशतले खुम्चिएको छ । यो दोस्रो लगातारको संकुचन हो । यसलाई मन्दीकै रुपमा लिइएको हो ।

महामारीको बेला लगातारको संकुचन आएको कारण ‘डबल डिप रिसेसन’ भनिएको बताइएको छ । तर देशगत रुपमा भने इटालीमा मात्रै लगातार संकुचन आएको छ । अन्य केही देशले वृद्धि भएको तथ्यांक पनि सार्वजनिक गरेका छन् । यो वर्षको पहिलो तीन महिनामा फ्रान्सेली अर्थतन्त्र ०.४ प्रतिशतले उकालो लागेको छ । सन् २०२० को अन्तिम त्रैमासिकमा भने घटेको थियो । यता जर्मनीमा गत वर्षको अन्तिम त्रैमासिकमा केही वृद्धि देखिए पनि १.७ प्रतिशतले ह्रास आएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया