चीनको सबैभन्दा ठूलो ‘नुनिलो ताल’मा जलपक्षीको संख्या वृद्धि
बेइजिङ । चीनको सबैभन्दा ठूलो ‘नुनपानी ताल’ (किङ्हाई ताल) मा झण्डै एक लाख ९० हजार जलपक्षी देखिएका छन् । सिन्ह्वाका अनुसार यो वर्षमा जलमा बस्ने चराहरूको संख्यामा ३६.५ प्रतिशतले वृद्धि भएको राष्ट्रिय प्रकृति आरक्षले गरेको हिउँदे गणनाले देखाएको हो । आरक्षले २४ नोभेम्बरदेखि तालको हिउँदे गस्ती गर्दै जलचरहरूको लेखाजोखा राख्ने गर्छ ।
यस अवधिमा आरक्षमा निगरानी गरिएका ३० प्रकारका चराहरूमध्ये चीनमा दोस्रो श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत पाइने जंगली प्रजातिका लगभग ५६० हाँस (हुपर स्वान) हरू हिउँदको लागि तालको भ्रमण गरेका छन् ।
आरक्षको प्रशासन विभागका अनुसार गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको संख्याभन्दा हेपर स्वानको संख्या पनि दुई सय ३० भन्दा बढीले बढेको छ । चीनको उत्तरपश्चिमी किङहाई प्रान्तमा अवस्थित यो ताल मध्य एसियाबाट भारत र पूर्वी एसियादेखि अस्ट्रेलियासम्म बसाइँ सर्ने चराहरूका लागि प्रमुख पारगमन विन्दु हो ।
यो किङ्गहाई–तिब्बत पठारमा जलपक्षीको लागि हिउँदको महत्पूर्ण घर पनि हो । हरेक वर्ष, हुपर स्वानहरू आफ्नो प्रजनन स्थल छोडेर हिउँदको लागि सेप्टेम्बर महिनाको मध्यदेखि सेप्टेम्बर महिनाको अन्तसम्म किङ्घाई तालमा उड्छन् । मार्च महिनाको अन्ततिर वा अर्को वर्षको अप्रिलमहिनाको सुरुतिर ताल नफुटेसम्म तिनीहरू ताल छोड्दैनन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- प्रथम पशुपति चौलागाईं स्मृति कपको उपाधि कालिञ्चोकलाई
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- विद्यालय बन्द गरेर यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर
- सुनसरी औराबनीका २० घरपरिवार भूमिहीनलाई भवन निर्माण गरी हस्तान्तरण
- नवलपरासी कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी
- बक्यौता असुली गर्न विराटनगर भन्सार सक्रिय
- समसामयिक राजनीतिक व्यङ्ग्य
- छाया सेन्टरबारे संयुक्त राष्ट्र संघको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया