Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानको विदेशी लगानीको प्रतिफल घट्यो

पाकिस्तानको विदेशी लगानीको प्रतिफल घट्यो


कराँची । पाकिस्तानमा विदेशी लगानीको नाफा र बोनसको प्रवाह घटेको छ । पाकिस्तानी अनलाइन डनका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा १६.५ प्रतिशतले नाफा र बोनस आउने क्रम घटेको हो ।

द स्टेट बैंक अफ पाकिस्ताान (एसबीपी)ले नाफा घटेर ५६ करोड ६६ लाख अमेरिकी डलरमा खुम्चिएको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ६७ करोड ८६ लाख डलर थियो । यसमध्ये धेरै नाफा वित्तीय व्यवसायबाट आएको छ । सबैजसो बैंकहरुले वार्षिक र त्रैमासिक प्रतिवेदनमा नाफा देखाएका छन् । यो वर्ष जुलाई–अक्टाोबर अवधिमा नाफा आप्रवाह १२ करोड ५० लाख डलर रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा नौ करोड १० लाख डलर मात्रै थियो ।

त्यस्तै ऊर्जा क्षेत्रमा पनि नाफा बढेको छ । ऊर्जा क्षेत्रको यस्तो नाफा सात करोड २८ लाख डलर पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा नौ करोड ३० लाख अमेरिकी डलर थियो । त्यस्तै थर्मल ऊर्जातर्फ छ करोड ९२ लाख डलर नाफा भएको बताइएको छ । अघिल्लो वर्ष यस्तो नाफा ८५ लाख डलर मात्रै थियो । खाद्य क्षेत्रमा भने यस्तो नाफा घटेर आठा करोड ४२ लाख डलरमा खुम्चिएको छ । सञ्चार क्षेत्रमा पनि घटेर आठ करोड ९३ लाख डलरमा झरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x