Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकामा यस वर्ष एक लाख पर्यटक पुगे

श्रीलंकामा यस वर्ष एक लाख पर्यटक पुगे


कोलम्बो । श्रीलंकामा यसवर्षको सुरुदेखि अहिलेम्म कम्तीमा पनि एक लाख पर्यटक पुगेका बताइएको छ । सिन्ह्वाका अनुसार यहाँ यस वर्षको अहिलसम्म एक लाख एक हजार भन्दा केही बढी पर्यटक पुगेका छन् । यहाँका अधिकारीहरुले दिएको समाचारअनुसार श्रीलंकामा यस वर्ष विस्तारै विदेशी पर्यटकहरु बढ्न थालेका छन् । कोभिड १९ का कारणले यहाँ पर्यटकहरु नपुगेका बताइएको छ ।

तर यो नोभेम्बर महिनामा मात्र यहाँ ४१ हजार एक सय ७७ जना पर्यटक पुगेका छन् । यो समेत गरी यहाँ यस वर्ष पुगेका पर्यटकको संख्या एक लाख नाघेको हो । यहाँ आएका यी पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् । भारतबाट मात्र यहाँ धेरै पर्यटकहरु आउने गरेकामा अहिले पछिल्लो समयमा कोभिडका कारण यहाँको सिंगो पर्यटन उद्योग नै प्रभावित भएको छ ।

श्रीलंकाका ४० लाखभन्दा बाढी मानिस पर्यटन उद्योगमा आश्रित रहेका छन् । यसबाट यहाँका बहुसंख्यक मानिसहरु लाभान्ति हुने गरेकामा अहिले कोभिडले गर्दा धेरै समस्या भएको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x