भारत । भारतीय एसयूभी बजारमा लामो समययता सर्वाधिक बिक्रीमा पहिलो नम्बरमा रहेको टाटा नेक्सनलाई मारुती सुजुकीको ब्रेजाले अगष्ट महिनामा पछाडि पारेको छ । योसँगै ब्रेजा भारतमा सर्वाधिक बिक्री हुनेमा पहिलो नम्बरमा परेको हो ।
अगष्ट महिनाको सेल्स रिपोर्टमा कम्पनीहरुबीच धेरै हेरफेर देखिएको छ । उक्त महिनामा मारुती सुजुकीले ह्याचब्याकसँगै अब एसयूभी सेग्मेन्टमा पनि पकड जमाएको छ । यो वर्ष मारुती सुजुकीले धेरै स्वरुप र फिचरसाथ अल न्यु ब्रेजा सार्वजनिक गरेको छ ।
जसको सुरुवाती मूल्य (एक्स शोरुममा) ७ लाख ९९ हजार भारु छ। यता दोस्रो सर्वाधिक बिक्री हुनेमा परेको टाटा नेक्सनको मूल्य ७ लाख ६० हजार भारु छ । अगस्ट महिनामा ब्रेजा १५ हजार १ सय ९३ युनिट बिक्री भएको रिपोर्टले देखाएको छ । टाटा नेक्सनको भने १५ हजार ८५ युनिट बिक्री भएको छ । नेक्सनको तुलनामा ब्रेजा १०८ युनिट बढी बिक्री भएको छ ।
झण्डै आठ महिनापछि ब्रेजाले टाटा नेक्सनको ठाउँ खोसेको हो । नयाँ ब्रेजा सार्वजनिक भएसँगै ग्राहकहरु यसतर्फ आकर्षित भएको देखिएको छ। ब्रेजा लन्चअघि नै ४५ हजार युनिट बुक भइसकेको थियो ।
यी हुन् भारतका ५ सर्वाधिक बिक्री हुने एसयूभी
रिपोर्टअनुसार तेस्रो नम्बरमा हुन्डाईको क्रेटा सर्वाधिक बिक्री भएको छ । यो १२ हजार ५ सय ७७ युनिट बिक्री भएको देखिएको छ । टप १० कारमा टाटा पञ्च पनि सामेल छ । यो कार १२ हजार ६ वटा बिक्री भएको छ ।
मूल्यको कुरा गर्दा भारतमा टाटा नेक्सनको ७ लाख ६० हजारदेखि १४ लाख आठ हजारसम्म पर्छ । त्यस्तै मारुती ब्रेजाको मूल्य सात लाख ९९ हजारदेखि १३ लाख ९६ हजार भारुसम्म पर्न आउँछ । हुन्डाई क्रेटाको मूल्य १० लाख ४४ हजारदेखि १८ लाख १८ हजार भारुसम्म पर्छ ।
टाटा पञ्चको मूल्य पाँच लाख ९३ हजार भारुदेखि ९ लाख ४९ हजार भारुसम्म पर्छ । यो सबै एक्स शोरुम मूल्य हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया