भारतीय अर्बपति बने विश्वकै दोस्रो धनी
काठमाडौं । भारतीय अर्बपति गौतम अदानी विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन् । उनले अमेरिकी अर्बपति जेफ बेजोसलाई उछिनेका हुन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार अदानीसँग अहिले एक खर्ब ४६ अर्ब डलरको सम्पत्ति छ । विश्वको सबैभन्दा धनी इलोन मस्कसँग दुई खर्ब ६३ अर्ब डलरको सम्पत्ति छ ।
अदानी इन्टरप्राइजेज लिमिटेडको सेयरको भाउ उल्लेख्यरुपमा बढेसँगै अदानी विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल भएका हुन् । अदानीका केही ग्रुप कम्पनीको सेयर भाउ सन् २०२० यता एक हजार प्रतिशतले बढेको छ ।
बेजोसका सम्पत्ति अदानीभन्दा एक करोड ९० लाख डलर मात्र कम छ। पछिल्लो समय उनको अमेजन कम्पनीको सेयरको भाउ घटेसँगै उनी सम्पत्तिको मामिलामा पनि अन्य अर्बपतिको तुलनामा पछि परेका हुन् । अदानी गत फेब्रुअरी महिनामा अर्का भारतीय अर्बपति मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका थिए ।
अप्रिलमा विश्वका एक सय अर्बपतिको सूचीमा अटाएका उनले पछिल्लो दुई महिनामा बिल गेट्स र फान्सका बर्नार्ड अर्नल्टलाई पछि पारिसकेका छन् । शीर्ष अर्बपतिको सूचीमा एसियाली व्यक्ति आइपुगेको यो पहिलोपटक हो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया