Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारटर्कीमा पुनः शक्तिशाली भूकम्प, छ जनाको मृत्यु

टर्कीमा पुनः शक्तिशाली भूकम्प, छ जनाको मृत्यु


एन्टाक्या । भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमवार फेरि शक्तिशाली भूकम्प गएको छ। उक्त भूकम्पमा परेर कम्तीमा ६ जनाको ज्यान गएको पुष्टि भएको छ । स्थानीय समयानुसार सोमवार साँझ पहिला ६.४ म्याग्निट्यूडको र त्यसको केही मिनेटमै ५.८ म्याग्निट्यूडको भूकम्प गएको अधिकारीहरूले बताएका छन्।

यी भूकम्पका कारण टर्की र सिरियामा गरी ६८० जनाभन्दा बढी घाइते भएका छन् । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर गएको भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा पनि महसुस गरिएको थियो ।

सोमबारको भूकम्प १० किलोमिटर गहिराइमा भएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । गत माघ २३ गते टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर भएको सात दशमलव आठ म्याग्निच्युडको भूकम्पमा परी टर्कीए र छिमेकी सिरियामा ४७ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । रासस /एएफपी

 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया