Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशको महँगी ८.७८ प्रतिशत पुग्यो

बंगलादेशको महँगी ८.७८ प्रतिशत पुग्यो


ढाका। बंगलादेशको खाद्य र गैरखाद्य दुवै वस्तुमा देखिएको मूल्यवृद्धिका कारण यहाँको मुद्रास्फीति दर फेब्रुअरीमा ८.७८ प्रतिशत पुगेको सरकारी तथ्यांकले देखाएको छ । बंगलादेशको मुद्रास्फीति जनवरीमा ८.५७ प्रतिशत रहेकोमा फेब्रुअरीमा बढेर ८.७८ प्रतिशत पुगेको हो ।

खाद्य मुद्रास्फीति फेब्रुअरीमा बढेर ७.९८ प्रतिशत भएको छ । यो अघिल्लो महिना (जनवरी) मा ७.४१ प्रतिशत थियो । गैरखाद्य वस्तुको मुद्रास्फीति जनवरीमा ९.४८ प्रतिशत रहेकोमा फेब्रुअरीमा बढेर ९.६१ प्रतिशत पुगेको छ । बंगलादेशको बजेटले आगामी आर्थिक वर्षमा औसत मुद्रास्फीति दर ५.६ प्रतिशत कायम गर्ने लक्ष्य लिएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया