Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारउत्पादनमा त्रुटिभएपछि कोरियाली कम्पनीका आठ हजार गाडी फिर्ता

उत्पादनमा त्रुटिभएपछि कोरियाली कम्पनीका आठ हजार गाडी फिर्ता


सोल । दक्षिण कोरियाका चार स्थानीय र विदेशी कार निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब सात हजार सात सय सवारी साधन स्वेच्छाले फिर्ता बोलाउने भएको यातायात मन्त्रालयले जनाएको छ ।

भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हुन्डाई मोटरले एभान्टे सेडानसहित पाँचवटा विभिन्न मोडलका चार हजार एक सय १८ एकाइ फिर्ता बोलाउनेछ । यसमा निकास ग्यास रिसर्कुलेसन (ईआरजी) भल्भ पावर युनिटमा त्रुटि देखिएको छ । उक्त त्रुटिका कारण गाडी चलाउँदा इन्जिन रोकिन सक्छ ।

किया कर्पोरेसनले के–३ सेडानसहित तीनवटा मोडेलका दुई हजार छ सय ५८ एकाइ हुन्डाई गाडीहरूजस्तै उत्पादनमा त्रुटिको लागि फिर्ता गर्नेछ । जगुआर ल्यान्ड रोभर कोरियाले नयाँ रेन्ज रोभर स्पोर्ट पी–३६० जस्ता दुई मोडलका तीन सय २९ एकाइमा रियर लाइट इलुमिनेसन डिभाइसको कमजोर फिक्सेसनको मर्मत गर्नेछ ।

भक्सवागन समूह कोरियाले टोवारेग ३ ३.० टीडीआईको छ सय २३ एकाइमा सुधारात्मक कारबाही गर्नेछ । यो मोबाइल अनुप्रयोगहरूमा सफ्टवेयर त्रुटिका कारण रिमोट स्वचालित पार्किङको समयमा खराबी हुन सक्छ । सवारीसाधन मालिकहरूले मर्मत र सेवा केन्द्रहरूमा गएर दोषपूर्ण पार्टपुर्जाहरू निःशुल्क बदल्न सक्छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया