सुडान । सुडानको राजधानी खार्तुममा पुनः भीषण युद्ध सुरु भएको छ । युद्धग्रस्त क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित रुपमा बाहिर जाने वातावरण बनाउने उद्देश्यले गरिएको पछिल्लो युद्धविराम भङ्ग भएको छ ।
सुडानी सेनाले विपक्षी अर्धसैनिक बल आरएसएफलाई चारै दिशाबाट आक्रमण गरिरहेको बताएको छ । युद्धका कारण घरमै फसेका हजारौँ सुडानी अन्नपानीको अभावमा छटपटाइ रहेका छन् । युद्धकै बीचमा जोखिम मोलेर विदेशी नागरिकलाई भने सम्बन्धित देशका सरकारले सुरक्षित स्थानतर्फ लगिरहेका छन् ।
अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति संघर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो । सुडानमा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।
आरएसएफलाई सेनामा समाहित गर्ने विषयमा सेना प्रमुख अब्देल फताह अल बुरहान र आरएसएफ प्रमुख मोहम्मद हमदान डगालोबीचको मतभिन्नता निरुपण नहुँदा समस्या बल्झेको विश्लेषकले बताएका छन् ।
१५ दिनअघि सुरु युद्धमा कम्तीमा पाँच सय १२ जनाको मृत्यु भएको तथा चार हजार एक सय ९३ जना घाइते भएका सुडानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि युद्धमा परी ज्यान गुमाउने र घाइेत हुनेको संख्या यो भन्दा धेरै बढी भएको ठानिएको छ । राष्ट्रसंघीय निकायले करिब दु्ई लाख सुडानी सुरक्षित स्थानको खोजीमा छिमेकी मुलुकतर्फ भागेका बताएका छन् ।
आठ वटा अफ्रिकी मुलुकका साथै अमेरिका, बेलायत र संयुक्त राष्ट्रसंघको ७२ घण्टा पुनःयुद्धविराम गराउने गहन कूटनीतिक प्रयास गत बिहीबार सफल भएको र द्वन्द्वरत पक्षले त्यसलाई पालना गर्ने बताएका थिए तर उक्त सहमति पूर्णरुपले पालना नभएकामा अन्तरराष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
- बागमती प्रदेश: दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
- जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार
- जानकी नवमी मिथिलामा धुमधामका साथ मनाइँदै
- प्रधानमन्त्रीद्वारा ऊर्जा क्षेत्रका आयोजनामा लगानी गर्न आह्वान
- बानेश्वरमा प्रतिपक्ष दलको बैठक सुरु
- कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको राष्ट्रपतिद्वारा उद्घाटन
- नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया