Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआर्थिक संकटबाट मुक्ति पाउन मित्रराष्ट्र गुहार्दै पाकिस्तान

आर्थिक संकटबाट मुक्ति पाउन मित्रराष्ट्र गुहार्दै पाकिस्तान


इस्लामावाद, पाकिस्तानले आर्थिक संकटको सामना गर्न मित्रराष्ट्रहरुसँग सहयोगको याचना गर्ने भएको छ । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज पाउन ढिलो हुने भएपछि पाकिस्तान सरकार मित्रराष्ट्र गुहार्ने निष्कर्षमा पुगेको हो ।

पाकिस्तान सरकारले आईएमएफलाई आगामी महिनाको अन्त्यसम्म पुरानो ऋणको किस्ताबापत छ अर्ब डलर भुक्तानी गरेपछि मात्रै नयाँ ऋण प्याकेजबारे आईएमएफले निर्णय गर्ने बताएपछि पाकिस्तान दबाबमा परेको हो । आईएमएफले पाकिस्तानलाई कालोसूचीमा पर्नबाट जोगिन आगामी महिनाभित्र पुरानो ऋणको छ अर्ब डलर भुक्तान गर्न भनिसकेको छ ।

पाकिस्तानी समाचार संस्था एआरवाई न्युजले पाकिस्तान आईएमएफका अधिकांश सर्त पालना गर्न सहमत भएको उल्लेख गरेको छ । पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री इमराख खानको कार्यकालमा भएका ऋणका कठोर सम्झौता पनि पालना गर्नेभएको छ ।

पाकिस्तान सरकारले चीनसँग मद्दत मागिरहेको छ । चीनबाट दुई अर्ब ४० करोड डलर ऋणको अपेक्षा गरिएको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया