Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमोन्टानामाथि टिकटकले हाल्यो मुद्दा

मोन्टानामाथि टिकटकले हाल्यो मुद्दा


टिकटकले अमेरिकाको एउटा राज्य मोन्टानामाथि मुद्दा हालेको छ । मोन्टानाले गतसाता चिनियाँ छोटो भिडियो सेयरिङ एप टिकटकको प्रयोगमा बन्देज लगाउने एउटा विधेयक ल्याएको थियो ।

मोन्टानाले अमेरिकी संविधान र संघीय कानुनहरुको उल्लंघन गरेको भन्दै टिकटकले मोन्टाना जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । टिकटकले चीन सरकारले टिकटक प्रयोगकर्ताहरुको तथ्यांकमा पहुँच बनाएको आरोप पनि निराधार भएको दाबी गरेको छ ।

मोन्टानाले २०२४ जनवरी १ देखि लागू हुनेगरी टिकटक प्रतिबन्ध गरेको थियो । मोन्टानाका गभर्नर ग्रेग जियानफोर्टले गत बुधबार विधेयकमा हस्ताक्षर गर्दै मोन्टानाबासीका निजी विवरण चिनियाँ गुप्तचरबाट जोगाउन टिकटकलाई प्रतिबन्ध लागउनुपरेको बताएका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया