Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदसंस्कृति स्पोर्टस् सम्मान क्रिकेटर मल्ललाई

संस्कृति स्पोर्टस् सम्मान क्रिकेटर मल्ललाई


काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान २०२३ नेसनल क्रिकेट आइकन कुशल मल्ललाई प्रदान गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरूलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डरअनुसार एक उत्कृष्ट खेलाडीलाई प्रदान गरिने गरिएको छ ।

मल्ल एसियन गेम २०२३ को उद्घाटन खेलमा मङ्गोलियाविरुद्ध टि२० इन्टरनेसनल क्रिकेटमा ३४ बल खेल्दै मल्ल विश्व कीर्तिमानी शतक बनाउने पहिलो खेलाडी बन्न सफल भएका थिए । मल्ललाई उक्त अवार्ड स्कुलका चेयरपर्सन रञ्जित आचार्य र डाइरेक्टर दिप्ती आचार्यको उपस्थितिमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले हस्तान्तरण गरेका थिए । अवार्डको साथै मल्ललाई एक लाख एक हजार रुपैयाँ बराबरको चेक पनि प्रदान गरिएको छ ।

त्यसैगरी सोही कार्यक्रममा सोनी पाख्रिनलाई ५० हजार रुपैयाँ बराबरको ट्रेनिङ स्कलरसिप पनि प्रदान गरिएको छ । यो स्कलरसिप व्यावसायिक तालिम लिन नसक्ने देशभरका १९ वर्षमुनिका खेलाडीहरूमध्ये एक जना योग्य क्रिकेटरलाई प्रदान गरिन्छ । सोनी पाख्रिन हाल महिला राष्ट्रिय क्रिकेट टिममा आबद्ध छिन् । प्रशिक्षण पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरमार्फत प्रदान गरिने बताइएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #page 3

तपाईको प्रतिक्रिया