Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुदसूर्य नेपाल च्यालेन्ज : एमेच्योर सद्भावलाई एक स्ट्रोकको अग्रता

सूर्य नेपाल च्यालेन्ज : एमेच्योर सद्भावलाई एक स्ट्रोकको अग्रता


काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन एमेच्योर गल्फर सद्भाव आचार्य एक स्ट्रोकको अग्रतासहित शीर्षस्थानमा उक्लन सफल भएका छन् ।

डिफेन्डिङ च्याम्पियन सद्भावले मंगलबार १–अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा ३–अन्डर एक सय ३३ सहित प्रोफेसनल गल्फर धनबहादुर थापालाई एक स्ट्रोकले पछि पारेका हुन् । १–अन्डर ६७सहित समग्रमा २–अन्डर एक सय ३४ सहित धन दोस्रो स्थानमा उक्लिए । पूर्व नम्बर एक गल्फर रवि खड्का र पहिलो दिनका लिडर रामे मगरले समग्रमा १–अन्डर ३५ को नतिजामा संयुक्तरूपमा तेस्रो स्थान बाँडेका छन् । रविले मंगलबार २–अन्डर ६६ र रामेले २–ओभर ७० मा दोस्रो दिनको खेल सकाए । २–अन्डर ६६ स्कोर गरेका दिनेश प्रजापति समग्रमा इभन–पार एक सय ३६ सहित पाँचौँ स्थानमा रहेका छन् । समग्रमा २–ओभर एक सय ३८ सहित जयराम श्रेष्ठ र भुवन नगरकोटीले छैटौँ स्थान बाँडे । जयरामले १–अन्डर ६७ र भुवनले ३–ओभर ७१ मा आजको खेल सकाए । ३–ओभरको खराब प्रदर्शनमा भुवन तेस्रो स्थानबाट छैटौँ स्थानमा तल झरेका छन् ।

यसैगरी ३–ओभर एक सय ३९ स्कोरमा सञ्जय लामा, दीपक थापा र सूर्यप्रसाद शर्मा संयुक्तरूपमा आठौँ स्थानमा रहेका छन् । सञ्जयले दोस्रो दिनको उत्कृष्ट कार्ड बनाउँदै ३–अन्डर ६५ मा खेल सकाए । दीपकले इभन–पार ६८ र सूर्यले १–ओभर ६९ को स्कोर दर्ज गरे ।

एमेच्योरतर्फ टासी छिरिङ र राहुल विके समग्रमा ६–ओभर एक सय ४२ सहित संयुक्तरूपमा दोस्रो स्थानमा छन् । दुवैले मंगलबार ३–ओभर ७१ को स्कोर बनाए । उनीहरू लिडर सद्भाव भन्दा ९ स्ट्रोकले पछि रहेका छन् । ३६ होलको समाप्तिमा १९–ओभर एक सय ५५ सम्म स्कोर गरेका २१ प्रोफेसनल र तीन एमेच्योर गरी कुल २४ जनाले कट बनाएका छन् । कृष्णमान राजवाहक, रामकृष्ण श्रेष्ठ, रमेश अधिकारी, विष्णुप्रसाद शर्मा, प्रदीपकुमार लामा, टंकबहादुर कार्की, भुवन कुमार रोक्का, वसन्तराज गुरुङ, पशुपति शर्मा, धुव्र केसी, किसन कालीराज सुनार र विकास अधिकारीले अन्तिम ३६ होलको लागि स्थान सुरक्षित गरे ।

उपाधि रक्षा गर्ने कोसिसमा रहेका युवा एमेच्योर सद्भावले फ्रन्ट नाइन १–ओभर ३५ मा सकाए । पहिलो र चौथो होलमा बर्डी प्रहार गरे । तर पाँचौँ होलमा डबल बोगी र सातौँ होलमा बोगीको सामना गरे । सद्भावले ब्याक नाइन भने २–अन्डर ३२ मा पूरा गरे । ५–पारको १०औँ होलमा इगलको सफलता प्राप्त गर्दा ११औँ होलमा बर्डी प्रहार गरे । १४ औँ होलमा भने एक सट खेर फाले । धनले दोस्रो होलको बोगीका विरूद्ध तेस्रो र पाँचौँ होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन १–अन्डर मा सकाए । यसपछि १२औँ होलमा बोगी र १३औँ होलको बर्डीले ब्याक नाइनमा इभन–पार ३४ को स्कोर निकाले ।

दोस्रो र चौथो होलको बर्डीमा रविले फ्रन्ट नाइन २–अन्डर ३२ मा पूरा गरे । यसपछि १५औँ होलमा एक सट खेर फाल्दा १८औँ होलको बर्डीले ब्याक नाइन इभन–पार ३४ मा सकाए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया