Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालफिटवेल गार्मेन्टद्वारा रक्तदान कार्यक्रम सञ्चालन

फिटवेल गार्मेन्टद्वारा रक्तदान कार्यक्रम सञ्चालन


काठमाडौं, भदौ १८
फिटवेल गामेन्ट प्रालीले निषेधाज्ञामा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बजारमा रगतको अभाव भएपछि निषेधाज्ञाको समयमा पनि सामाजिक दुरी कायम गरेर रक्तदान कार्यक्रम आयोजना गरेको ग्रामेंटका संचालक मनोज कुमार भारतीले बताए ।

काठमाडौँको नागार्जुङ नगरपालिका वडा नम्बर ६ स्थित गार्मेन्टको आँगनमा गरिएको रक्तदान कार्यक्रममा करिब ४२ जनाले रगत दिएका छन् । राष्ट्र युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, उपमेयर शुशिला अधिकारी रक्तदान कार्यक्रममा उपस्थित भएका थिए । लामो समय कोरियामा काम गरेपश्चात स्वदेश फर्केर मनोज भारतीले गार्मेन्ट व्यवसाय संचालन गरेका हुन् ।

गार्मेन्टमा ७० जना कामदार छन् । निषेधाज्ञाको समयमा पनि भौतिक दुरी कायम राखेर सिमित काम भईरहेको संचालक भारतीले बताए । बिगत ७ बर्षदेखि संचालनमा रहेको गार्मेन्टमा सबै प्रकारका कपडा तथा आदेश अनुसार पोशाक तथा ड्रेस उत्पादन गरिने संचालक भारतीले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x