Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालउपत्यकामा अझै कोरोनाको महामारी

उपत्यकामा अझै कोरोनाको महामारी


काठमाडौं, भदौ २१
काठमाडौं उपत्यकामा बाहिर जिल्लाबाट मानिस प्रवेश गर्न नदिएको लामो समय भयो तर यहाँ कोरोना संक्रमितको संख्या बढ्नुको सट्टा दिनहुँ बढ्दै गएको छ । यसले उपत्यकामा कोरोनाका महामारी नै रहेको संकेत गरेको छ ।
शनिबार काठमाडौँ उपत्यकामा चार सय आठ जना कोरोना संक्रमित फेला परेका छन् ।

योसहित देशभर एक हजार ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ बाट नौ जनाको मृत्यु भएको जानकारी दिए । शनिबारसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई सय ८० पुगेको छ ।

शनिबारसम्म सङ्क्रमित र सङ्क्रमणमुक्त समेतगरी ४५ हजार दुई सय ७७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार आठ सय ७० छ । संस्थागत आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या नौ हजार आठ
सय ६६ छ । संस्थागत आइसोलेसनअन्तर्गत प्रदेश नं १ मा सात सय ९९, प्रदेश नं २ मा तीन सय २५, वाग्मती प्रदेशमा पाँच हजार आठ सय ७५, गण्डकी प्रदेशमा आठ सय ६०, प्रदेश नं ५ मा नौ सय पाँच, कर्णाली प्रदेशमा ३० र सुदूरपश्चिम प्रदेशमा सात सय ७२ जना छन् ।

होम आइसोलेसनमा आठ हजार चार जना छन् । हालसम्म विश्वमा दुई करोड ६७ लाख ९९ हजार चार सय नौ कोभिड–१९ बाट सङ्क्रमित छन् । आठ लाख ७९ हजार २८ व्यक्तिको मृत्यु भइसकेको छ । एक करोड ८९ लाख १० हजार चार सय ३० व्यक्ति विश्वभर यस रोगबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार चार सय ७३ जनामा पीसीआर परीक्षण गरिएको छ ।

हालसम्म जम्मा सात लाख ५७ हजार नौ सय ६३ को पीसीआर परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहेका व्यक्तिको सङ्ख्या छ हजार पाँच सय ६१ छ । गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार पाँच सय ६६ छ । कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या औसतमा ६० प्रतिशत छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला ताप्लेजुङ, सोलुखुम्वु, मुगु, मुस्ताङ, डोल्पा र हुम्ला छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x