Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार नाघ्यो


काठमाडौं, भदौ २२
नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार दुई सय ५७ जना पुगेको छ । आइतबार नेपालमा थप नौ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै उक्त संख्या पुगेको हो । नौ दिनअघि कोरोना सङ्क्रमितको सङ्ख्या ३६ हजार चार सय ५६ थियो । दैनिक झण्डै एक हजारका दरले संक्रमित बढ्न थालेपछि जनस्वास्थ्यको अवस्था कमजोर बन्दै गएको प्रष्ट भएको छ ।

देशका विभिन्न प्रयोगशालामा शनिबारदेखि आइतबार दिउँसोसम्मको २४ घण्टामा १० हजार तीन सय ८२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आइतबार थपिएका सङ्क्रमितमा पुरुष छ सय ९० तथा महिला दुई सय ९० छन् । हालसम्म २८ हजार नौ सय ४१ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।

आइतबार एक हजार आठ सय १४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । कोरोना निको भएर घर फर्किनेको उक्त संख्या हालसम्मकै बढी हो । हालसम्म सात लाख ६८ हजार तीन सय ४५ को पीसीआर परीक्षण गरिएको छ । देशभर हाल एक सय ७४ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने २१ लाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

वाग्मती प्रदेशमा १०९ जनाको अति सघन कक्षमा र २१ जनाको भेन्टिलेटरमा, प्रदेश नं १ मा नौ जनाको अति सघन कक्ष र तीन जनाको भेन्टिलेटरमा, प्रदेश नं २ मा २८ जनाको अति सघन कक्षमा, प्रदेश नं ५ मा २० जनाको अति सघन कक्ष र तीन जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा पाँच जनाको अति सघन कक्षमा तथा कर्णालीमा तीन सङ्क्रमितको अति सघन कक्षमा उपचार गरिँदै छ । हाल देशभर १७ हजार २७ सक्रिय सङ्क्रमित छन् ।

हाल सात हजार आठ सय २६ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । प्रवक्ता गौतमका अनुसार सबैभन्दा बढी प्रदेश नं २ मा तीन हजार पाँच सय सङ्क्रमित होम आइसोलेसनमा छन् । यस्तै वागमती प्रदेशमा दुई हजार तीन सय ३६, प्रदेश नं ५ मा नौ सय ७८, प्रदेश नं १ मा सात सय ४३, सुदूरपश्चिम प्रदेशमा एक सय २६, गण्डकी प्रदेशमा एक सय तथा कर्णालीमा ४३ कोरोना सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।

आइतबार प्रदेश नं १ को उदयपुर, ताप्लेजुङ, भोजपुर र ओखलढुंगामा एक–एक जना, झापामा २६, मोरङमा २९, संखुवासभामा छ तथा सुनसरीमा ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा १०, पर्सामा २५, बारामा ७३, महोत्तरीमा तीन, रौतहटमा आठ, सप्तरीमा ११, सर्लाहीमा पाँच तथा सिरहामा छ जनामा कोरोना देखिएको छ । वाग्मती प्रदेशको काठमाडौँमा दुई सय ९०, काभ्रेपलाञ्चोकमा एक, चितवनमा ३०, दोलखामा सात, धादिङमा १०, भक्तपुरमा ३२, ललितपुरमा ३२, सिन्धुपाल्चोकमा एक तथा सिन्धुलीमा दुई जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा पाँच, तनहुँमा सात, नवलपरासी पूर्वमा १२, लमजुङमा दुई, बागलुङमा तीन तथा स्याङ्जामा २२ जना कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नं ५ को अर्घाखाँचीमा ११, कपिलवस्तुमा चार, दाङमा तीन, नवलपरासीमा दुई, पाल्पामा १९, प्युठानमा चार, बर्दियामा छ, बाँकेमा छ र रूपन्देहीमा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशको कालिकोटमा एक, जाजरकोटमा दुई, जुम्लामा पाँच, दैलेखमा दुई र सुर्खेतमा ४४ जनालाई कोरोना सङ्क्रमण भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा तीन, कैलालीमा २१, अछाममा ११, डडेल्धुरामा दुई तथा बझाङमा १० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा तीन सय ५४ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये काठमाडौँका दुई सय ९०, ललितपुरका ३२ तथा भक्तपुरका ३२ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या आठ हजार दुई सय ५४ पुगेको छ । हालसम्म काठमाडौँमा छ हजार छ सय २४, ललितपुरमा नौ सय १९ तथा भक्तपुरमा सात सय ११ कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका तीनसहित सात पुरुष तथा दुई महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या दुई सय ८९ पुगेको छ ।

काठमाडौंमा ८५ वर्षीय, ७४ वर्षीय र ६८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मृत्यु हुनेमा मोरङकी ६५ वर्षीया महिला र ४५ वर्षीय पुरुष, झापामा ४५ वर्षीया महिला, पर्सामा ७७ वर्षीय पुरुष, धनुषामा ३५ वर्षीय पुरुष तथा चितवनमा ७० वर्षीय पुरुष रहेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x