Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबजार खोल्ने वातावरण बनाइदिन व्यवसायीको माग

बजार खोल्ने वातावरण बनाइदिन व्यवसायीको माग


जनकपुरधाम, भदौ २२
जनकपुरधामका उद्योगी व्यापारीहरुले स्वास्थ्य मापदण्ड अपनाएर बजार खोल्न दिने वातावरण निर्माण गरिदिन प्रदेश २ सरकार र स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । कोरोना महामारीबाट जारी गरिएको लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय धराशायी हुँदै गएको भन्दै जनकपुरधाम उधोग वाणिज्य संघले बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म व्यापार व्यावसाय सञ्चालनको वातावरण बनाइदिन आग्रह गरेको हो ।

संघका अध्यक्ष ललित कुमार साहको नेतृत्वको पदाधिकारीहरुसहित व्यापारीहरुको टोलीले आइतबार मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । साथै औषधि, डेरी, कृषि सामग्री, मल, बीउबीजन, भेटेरिनरी पसल, खाद्यान्न पसल किराना तथा बैंक, वित्तीय संस्थाहरु नियमित सञ्चालन गर्न पाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

हरियो तरकारी तथा फलफूल, घुम्ती पसल साइकल, ठेला, मोटरसाइकल, टेम्पुमा राखी टोल–टोलमा घुमाएर साँझ ५ बजेपछि मात्र बेचबिखन गर्ने व्यवस्था मिलाउनुपर्ने संघका अध्यक्ष ललित साहले बताए । यस्तै कोरोना परीक्षणको दायरा बढाउन, दुईवटा थप पीसीआर मेसिन तुरुन्त सञ्चालन गर्न र कोभिड अस्पताल सञ्चालन गर्न पनि संघले माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी भट्टराईले व्यापारीहरुको पीडा आफूहरु बुझिरहेको बताउँदै संघले राखेको मागप्रति गम्भीर भई कार्यान्वयन गर्ने र बजार खोल्ने समय बढाउने प्रतिबद्धता जाहेर गरेको संघका महासचिव जितेन्द्र महासेठले जानकारी दिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x