Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपिउनेपानी माग गर्दै चरीकोटमा रित्तो गाग्री प्रदर्शन

पिउनेपानी माग गर्दै चरीकोटमा रित्तो गाग्री प्रदर्शन


सुबास बस्नेत
दोलखा, भदौ २२
दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुका उपभोक्ताहरुले सदरमुकाम चरीकोटमा पिउने पानीको माग राख्दै रित्तो गाग्री प्रदर्शन गरेका छन् । भेड्पुस्थित अर्ले खानेपानी आयोजनाको लागि आएको बजेट गाउँपालिकाले आर्थिक वर्षको सुरुमै रकमान्तर गरी अन्यत्र लैजान खोजेपछि आइतबार स्थानीय उपभोक्ताले चरीकोटमा रित्तो गाग्री प्रदर्शन गरेर विरोध गरेका हुन् । सोही वडाका वडाध्यक्ष छत्रबहादुर तामाङसहितका उपभोक्ताहरुले रित्तो गाग्री, बाल्टिन, जर्किन बोकेर खानेपानी माग्दै विरोध प्रदर्शन गरेका छन् ।

खानेपानीको बजेट तोकिएको ठाउँमा खर्च नगरेसम्म आन्दोलन गरिरहने उपभोक्ताहरुले बताएका छन् । गाउँपालिकाले खानेपानी आयोजनामा छुट्याएको बजेटलाई रकमान्तर गरेर अन्तै लैजान खोजेपछि उपभोक्ता र गाउँपालिकाबीच केही समय अघिदेखि विवाद चल्दै आएको थियो । विनियोजित रकम सोही ठाउँमा प्रयोग गर्नको लागि गाउँपालिकामा ध्यानाकर्षण गराउन गएका उपभोक्ता समितिका अध्यक्षसहित पाँच जनालाई गाउँपालिका अध्यक्षले अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गराई मुद्दा चलाएपछि द्वन्द्व चर्किएको थियो ।

संघीय सरकारबाट सो खानेपानी आयोजनाको लागि तोकेर आएको ९० लाख बजेट गाउँपालिकाले अन्यत्र रकमान्तर गरेको विरोधमा ज्ञापनपत्र बुझाउन गएका उपभोक्ता समितिका अध्यक्षसहित पाँच जनालाई दोलखा प्रहरीले पक्राउ गरेको थियो । गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले आफूमाथि आक्रमण प्रयास भएकोले प्रहरीले उनीहरुलाई पक्राउ गरेको दाबी गरेका छन् । उनले आफू असुरक्षित भएको भन्दै सुरक्षाका लागि स्थानीय प्रशासनसँग माग समेत गरेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x