Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमुगामाया हत्याको एक वर्ष : दोषी पत्ता लगाउन नसकेको परिवारको गुनासो

मुगामाया हत्याको एक वर्ष : दोषी पत्ता लगाउन नसकेको परिवारको गुनासो


महेन्द्र शाही
सोलुखुम्ब, भदौ २४
सोलुखुम्बुकी मुगामाया घतानीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको ध्यानाकर्षण गराएका छन् । गत वर्ष भदौ २० गते सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीकी घतानीको हत्यामा संलग्न व्यक्ति घटना भएको एक वर्ष पूरा हुँदा समेत पहिचान गर्न नसकेको भन्दै परिवारले प्रहरीको ध्यानार्कषण गराएको हो ।

एक वर्ष बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसक्नुले प्रशासन र प्रहरीले यो विषयमा चासो नदिएको जस्तो देखिएको प्ररिवारजनको भनाइ छ । पीडित परिवारले जिल्ला प्रहरी कार्यालय पुगेर घटनालाई हलुका रूपमा लिएको दाबी गरेका छन् । यो घटनालाई सरलरूपमा नलिन मृतकका भाइ गोपाल घिमिरेले आग्रह गरे । हत्यारा पत्ता लगाएर कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले भने सो घटनालाई प्रहरीले गम्भीररूपमा लिएको बताएका छन् । आफूहरूले यस विषयलाई गम्भीररूपमा लिएको उनले बताए । प्रहरीको छविसँग जोडिएको घटना भएको भन्दै अनुसन्धानको क्रममा पटक–पटक गरी शंकास्पद ७ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने कार्य भएको बताए । जुनसुकै हालतमा पनि दोषी पत्ता लगाएयर छाड्ने उनको दाबी छ । आफूहरू निरन्तररूपमा यस विषयमा अनुसन्धानमा रहेकाले छिटै हत्यारा पत्ता लाग्ने उनको भनाइ छ ।

विस २०७६ साल भदौ २० गते राति सल्लेरीको आर्मी क्याम्प नजिकै स्थानीय ४७ वर्षीया मुगामाया घतानीको दुवै हातको नाडीमा काटिएको अवस्थामा घरभित्रै शव फेला परेको थियो । घटनामा प्रयोग भएको चक्कु र मृतकले लगाएको पोते तिल्लहरी निकालेको अवस्थामा घर नजिकै फेला परेको प्रहरीले जनाएको छ । तर पनि अहिलेसम्म त्यो घटनामा संलग्नलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैनन् । उक्त घटनालाई सम्झादा सिंगो महिलाहरूले असुरक्षाको महसुस गर्ने गरेको महिला अधिकारकर्मी मोहनकुमारी कार्कीले बताइन् । यस्ता घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने कार्कीको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x