Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालम्याद सकिएका खाद्य समाग्रीहरूमा नयाँ लेभलिङ गरी बिक्रीवितरण

म्याद सकिएका खाद्य समाग्रीहरूमा नयाँ लेभलिङ गरी बिक्रीवितरण


काठमाडौं । काठमाडौँको बालाजुस्थितमा अगद नेपाल भेन्चर प्रालिले विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरू नयाँ लेभलिङ गरी आफूखुसी महँगो मूल्यमा बिक्रीवितरण गर्नेगरेको पाइएको छ । महानगरीय अपराध महाशाखा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले उक्त कम्पनीका सुपरभाइजर सुवास खड्कालाई नियन्त्रणमा लिई अनुसन्धान समेत थालेको छ ।

उक्त कम्पनीले आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्नेगरी म्याद सकिएको सामग्री बिक्रीवितरण गर्दै आएको गोप्य सूचना वाणिज्य विभागमा प्राप्त भएपश्चात् महानगरीय अपराध महाशाखा र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले शंकास्पद कम्पनी तथा गोदामहरू समेतमा अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा काठमाडौँ महानगरपालिका वडा नं. १६ बालाजु स्थितमा अगद नेपाल भेन्चर प्रालिका सञ्चालक प्रभात देवले जग्गा तथा सटर भाडामा लिई जस्ताको टहरा बनाई गोदाम गरी राखेको ठूलो परिमाणमा म्याद सकिएका विभिन्न कम्पनीबाट उत्पादित खाद्य सामग्री बिस्कुटहरू, पास्ता, सेवाई, कर्नफ्लेक्सलगायतका म्याद गुज्रिएका सामानहरू भेटिएको थियो ।

साथै म्याद सकिएका सामग्रीलाई समेत मेसिनद्वारा नयाँ उत्पादन मिति तथा मूल्य रिलेभलिङ गरी थोक तथा खुद्राका लागि बिक्रीवितरण गरिरहेको अवस्थामा फेला पारेको अनुसन्धान टोलीले जनाएको छ । कम्पनीका सञ्चालन देवको गोदाम तथा भाडाको सटर समेत शिल गरी उक्त कम्पनीमा सुपरभाइजर पदमा कार्यरत चन्द्रागिरी नपा ६ बस्ने वर्ष ३१ को सुवास खड्कालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।

साथै यसबारेमा थप अनुसन्धान कार्य समेत भई रहेकाले प्रहरीले अगद नेपाल भेन्चर प्रालिबाट विभिन्न खाद्य सामग्रीहरू लिई बिक्रीवितरण गरेका थोक तथा खुद्रा बिक्रेताहरूलाई अवोप्रान्त उक्त खाद्य सामग्रीहरू बिक्रीवितरण नगर्न निर्देशन दिएको छ । कम्पनीका सञ्चालक जिल्ला मोरङ घर भई हाल जिल्ला काठमाडौँ नयाँ बानेश्वर बस्ने प्रभात देव हाल फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया