Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपाँचौँ प्रांगारिक मेला वैशाख १ देखि पाटन संग्रहालयमा सुरु हुने

पाँचौँ प्रांगारिक मेला वैशाख १ देखि पाटन संग्रहालयमा सुरु हुने


काठमाडौं । अर्गानिक एसोसिएसन अफ नेपालको आयोजनामा आगामी वैशाख १ देखि पाँचौँ प्रांगारिक तथा प्राकृतिक कृषि मेला हुने भएको छ । रिर्पोर्टर्स क्लब नेपालमा बिहीबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिइएको हो ।

अर्गानिक एसोसिएसन अफ नेपालका अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले खाद्य शुद्धतामा मेला केन्द्रित रहेको उल्लेख गरे । अध्यक्ष बाँस्कोटाले विगतमा आफूले योजना आयोगलाई अर्गानिक कृषिलाई प्रवर्द्धन गर्न आवश्यक योजना एवम् बजेटका लागि आग्रह गरेको तर सरकारले नसुनेको उल्लेख गरे । अन्तर्राष्ट्रिय अर्गानिक विज्ञ समेतलाई ल्याएर मेलामा प्रस्तुति दिन लगाइने उनको भनाइ छ । अर्गानिकभन्दा माथि वैदिक अर्गानिक रहेको उल्लेख गरेका बाँस्कोटाले नेपाल महर्षि वैदिक फाउण्डेसनले वैदिक अर्गानिक कृषिखेतीको काम सुरु गरेको जानकारी समेत दिए । अर्गानिक अभियानलाई ग्रामीणदेखि सहरसम्म पु-याउन आवश्यक रहेको बताउँदै उनले सरकारले चाहेमा अर्गानिक कृषिमा सफलता हासिल हुनेमा दुई मत नरहेको पनि दाबी गरे ।

महर्षि वैदिक फाउन्डेसनका अन्तर्राष्ट्रिय निर्देशक किन्स्ले ब्रुकले वैदिक अर्गानिकलाई प्रवर्द्धन गर्न सके नेपालको पर्यटन विकासले फड्को मार्ने उल्लेख गरे । अर्गानिक उत्पादनको अन्तर्राष्ट्रिय बजार समेत ठूलो रहेकोले यसबाट समेत नेपालले फाइदा लिनसक्ने उनको दाबी छ । नेपाल सरकारलाई अर्गानिक उत्पादनलाई प्राथमिकतामा राख्दै अघि बढ्न समेत उनले आग्रह गरे । अर्गानिक कृषि विषादीरहित उत्पादन रहेकाले मानव स्वास्थ्यमा यसले धेरै सघाउ पुग्ने उनको भनाइ छ । महर्षि वैदिक फाउण्डेसनकी अन्तर्राष्ट्रिय निर्देशक लेस्ली ब्रुकले स्वास्थ्यका लागि खाना र पानी महत्वपूर्ण रहने बताउँदै विषादीले माटोको उर्वरतामा समेत ह्रास आउने हुँदा भविष्यको लागि पनि अर्गानिक कृषि खेतीमा लाग्न ढिलाइ गर्न नहुने बताइन् ।

त्यसैगरी एसोसिएसनकी महासचिव शान्ता बाँस्कोटा कोइरालाले नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउन र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई समेत आकर्षित गर्न अन्तर्राष्ट्रिय अर्गानिक एग्रो फेयर गर्न लागिएको जानकारी दिइन् । मेला कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार प्रवर्द्धन निकासी केन्द्र लगायतको सहकार्यमा गर्नलागेको उनले बताइन् । कञ्चनजंघा टि इस्टेट एण्ड रिसर्च सेन्टर प्रालिकी प्रबन्धनिर्देशक समेत रहेकी बाँस्कोटाले कम्पनीले विगत २५ वर्षदेखि अनवरत रुपमा अर्गानिक उत्पादन र यसको उपभोगबाट मानव जीवनमा हासिल हुने लाभका सम्बन्धमा विविध सचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी समेत दिइन् ।

मेलामा ५० भन्दा बढी स्टलहरु रहनेछ । ३० लाख खर्च अनुमान गरिएको यस मेलामा एक करोडको कारोबार हुने अपेक्षा लिइएको छ । मेलाको सहआयोजकमा सांग्रिला एग्रो वर्ल्ड र बाँस्कोटा ग्रुप रहेका छन् भने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगै घरेलु तथा साना उद्योग महासंघ, नेपाल महर्षि वैदिक फाउण्डेसन र केटीई फाउण्डेसन मेलाको सहयोगी साझेदारका रुपमा रहेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x