Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज उत्कृष्ट निर्यातकर्ता

एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज उत्कृष्ट निर्यातकर्ता


काठमाडौं । एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज गत आर्थिक वर्ष २०७७/०७८ को नेपालकै सबैभन्दा उत्कृष्ट निर्यातकर्ता भएको छ । राजधानीमा सम्पन्न निर्यात व्यवसायी महासंघको कार्यक्रममा एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजलाई नेपालमै अलैँची प्रशोधन गरी निर्यात क्षेत्रमा उल्लेखनीय योगदान गरेकोमा सम्मान गरिएको हो ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष निर्मल भट्टराईलाई सम्मानपत्र प्रदान गरेका थिए । भट्टराई नेपाल अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पनि हुन् । नेपालमै फलेको अलैँचीलाई विभिन्न प्रोसेसिङ, लेबलिङ्ग र प्याकेजिङ गरेर प्रशोधन गर्दै आएको एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले गत वर्ष २८ करोड रुपैयाँबराबरको अलैँची निर्यात गरेको थियो । नेपालसहित विदेशी बजारमा लोकप्रिय बन्दै गरेको एभरेष्ट लार्ज कार्डममको प्रसोधन उद्योग अर्जुनधारा नगरपालिका–८, झापामा स्थापित गरिएको छ ।

उद्योगमा भट्टराईसहित अन्य तिन व्यवसायीः सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको लगानी छ । एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले अहिले मिजाज माउन्टेन पर्ल्स, मिजाज अलैँची पाउडर, मिजाज अलैँची दाना र मिजाज अलैँची गरी चार अलैँचीका प्रकारहरु उत्पादन गर्दै आएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x