Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान

पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका छन् । पाशुपति क्षेत्रमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको बिरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गरेका हुन् ।

विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षरोपण अभियानले सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताए । धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रुपमा विकास गर्नुपर्नेमा समेत उनले जोड दिए । साथै उनले रोपेका बिरुवाहरूको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिए । पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपीपल, पारिजात, बेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइने भएको छ ।

कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले एक लाख रुद्राक्षको बिरुवा उपलब्ध गराउने घोषणा गरेका थिए । कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागी, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह तथा कोषका पदाधिकारीहरुले वृक्षरोपण गरेका थिए । वृक्षरोपण अभियान निरन्तर सञ्चालन हुने कोषले जनाएको छ । बिरुवाको गोडमेल, मलजल र संरक्षणको जिम्मा कोषले लिनेछ । कोषले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा वृक्षरोपण अभियानलाई समेटेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x