Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमिलन सहकारीभित्र अर्को धन्दा,एक व्यक्तिको खाताको पैसा अर्कैको खातामा सारियो

मिलन सहकारीभित्र अर्को धन्दा,एक व्यक्तिको खाताको पैसा अर्कैको खातामा सारियो


काठमाडौंको न्युरोडमा रहेको मिलन बहुउद्देश्यीय सहकारीका संस्था लिमिटेडमा जम्मा गरिएको भिक्षुहरूको व्यक्तिगत खातामा रहेको पैसा संघाराम बिहारका सञ्चालक समिति सदस्य वीरेन्द्रराज शाक्यले सहकारीका अधिकारीहरूसँगको मिलेमतोमा निकालेको पाइएको छ ।
भिक्षु अश्वघोष र भिक्षु आनन्दले स्थानीय समाजसेवी धर्मदासको नाममा न्युरोडस्थित मिलन सहकारी संस्थामा मुद्दती खाता खोली चार लाख ६० हजार रुपैयाँ राखेका थिए ।

राजधानी काठमाडौंको ढल्कोस्थित संघाराम बिहारका सञ्चालक सदस्य वीरेन्द्रले सोझा भिक्षुहरूको व्यक्तिगत खातामा रहेको रकम उनीहरूलाई थाहा नदिई किर्ते हस्ताक्षर गरेर निकालेको पाइएको छ । दुःख गरेर राखेको पैसा किर्ते हस्ताक्षर गरेर ‘लेटर प्याड’ बनाएर वीरेन्द्रले सहकारीको मिलेमतोमा निकालेको भिक्षु आनन्दले बताए ।व्यक्तिगत खातामा राखेको पैसा कसरी निकालियो भनेर मिलन सहकारीलाई प्रश्न गर्दा सहकारीले ‘टिपेक्स’ लगाएको भए पनि प्रतिष्ठित धनी व्यक्ति भएकोले विश्वास गरेको आधारमा वीरेन्द्रलाई रकम दिएको जवाफले आफू मर्माहत भएको आनन्दले बताए ।

टिपेक्स लगाएको कागजातको आधारमा खाताको मालिक बन्नासाथ वीरेन्द्रले चार लाख ६० हजार साँवा र एक लाखभन्दा केही बढी ब्याजसमेत निकाले । निश्चित समयका लागि मुद्दतीमा राखेको रकम राख्ने अवधि नवीकरण गर्ने भिक्षुहरू निवेदनसहित सहकारी कार्यालयमा पुग्दा पैसा त वीरेन्द्रको नाममा राखिदिएको भेटिएपछि आफूहरू तीनछक परेको भिक्षु आनन्दले बताए ।वीरेन्द्र सो बिहारमा सञ्चालक सदस्यका रूपमा आएपछि बिहारको भौतिक र अन्य सम्पत्तिका बारेमा जानकारी लिए । त्यसपछि त उनी लगातार बिहारको सम्पत्ति हडपेर आफू धनी बन्ने कार्यमा मात्र तल्लीन भएको अर्का एक सञ्चालक बताउँछन् । सहकारीमा बिहारको लाखौँ रकम रहेको थाहा पाएपछि वीरेन्द्र जसरी पनि सो रकम हात पार्ने योजना बनाएर लागे ।

वीरेन्द्रले भिक्षु अश्वघोष, भिक्षु आनन्द र धर्मदासको नाममा रहेको खाताका सञ्चालकहरू परिर्वतन गरी रकम झिक्ने योजना बनाए । यसका लागि उनले बिहार सञ्चालक समितिको लेटर प्याडमा एक निवेदन लेखे । जसमा संघाराम बिहारका भिक्षु अश्घोष, भिक्षु आनन्द र धर्मदासका नाममा त्यस संस्थामा चार लाख ६० हजार रुपैयाँ जम्मा गरिराखेकोमा हाल म्याद सकिएको हुँदा नवीकरण गरिदिनुहुन अनुरोध छ भनी उल्लेख गरिएको छ ।समितिको बैठक बसी निर्णय गरेर मात्र खाता सञ्चालकहरू परिर्वतन गनुपर्नेमा वीरेन्द्रले मनोमानीरूपले निवेदन लेखी खाता सञ्चालक समेत परिर्वतन गर्न सहकारीलाई अनुरोध पनि गरेको पाइएको छ । उनले अगाडि लेखेका छन्, ‘खाता सञ्चालनमा निम्नाअनुसार व्यक्ति र दस्तखत कायम गराइदिनुहुन स्पेसिफिकेसन कार्ड भरी निवेदन गरिएको छ ।’

निवेदनमै भनिएको छ, ‘संघाराम बिहारमा भिक्षु अश्वघोष अध्यक्ष सुवर्ण शाक्य सचिव र वीरेन्द्रराज शाक्य कोषाध्यक्ष रहेको पनि जानकारी गराइएको छ ।’बिहार सञ्चालक समितिको बैंठक नै नबसी वीरेन्द्रको योजनामा निवेदन लेखिएको लेटर प्याडमै कोषाध्यक्ष रहेका धर्मदासको नाम केरमेट गरी वीरेन्द्रले आफ्नो नाम लेखेको तथ्य भेटिएको छ ।‘अस्वस्थ भएका बेला वा अरु कतिपय सन्दर्भमा रकम आवश्यकता पर्नसक्ने ठानी मिलन सहकारीमा पैसा राखेको थिएँ, शाक्यले किर्ते हस्ताक्षर र लेटरप्याड बनाएर हत्याए’, भिक्षु आनन्द भन्छन्, ‘व्यक्तिगत खातामा राखेको पैसा त्यसरी सहकारीले अर्को व्यक्तिलाई दिनु अक्षम्य अपराध हो ।’

भिक्षुहरूले पैसा फिर्ता गराउन अनेक प्रयत्न गरे तर केही लागेन । त्यतिबेलासम्ममा अश्वघोष र धर्मदासको देहावसान भइसकेको थियो । भिक्षु आनन्दले खाता रोक्का गरी रकम हिनामिना हुनबाट जोगाइपाउन निवेदन दिए ।तर, हालसम्म पनि कुनै कारबाही भएको छैन । वीरेन्द्रले बिहारका बृद्ध भिक्षु आनन्दले खाता रोक्का गरी रकम हिनामिना हुनबाट जोगाइपाउन निवेदन दिए । तर, हालसम्म पनि कुनै कारबाही भएको छैन । वीरेन्द्रले बिहारका वृद्ध व्यक्ति सुवर्ण शाक्यलाई समेत मिलाएर रकम हिनामिना गरेको भिक्षु आनन्दको दाबी छ ।

मुद्दतीमा राखिएको रकमको एक लाख त ब्याज नै जम्मा भइसकेको थियो । यसबीच वीरेन्द्रले बिहारको लेटर प्याड र छाप हात पारे । अर्कै भिक्षु अध्यक्ष र आफैँ कोषध्यक्ष बनेको निर्णय लेटर प्याडमा लेखी जिल्ला प्रशासन कार्यालयमा पत्र बुझाएको विवरण तयार पारे ।लगत्तै सहकारीको नाममा ऐनबमोजिम आवश्यक कारबाही गर्नुहुन भनी सीडीओ कार्यालयको सरकारी लेटर प्याड समेतमा पत्र तयार पारी दुईथरी पत्र आफैँ सहकारीमा गएर बुझाएको पाइएको छ ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया