काठमाडौं । काठमाडौंको न्युरोडमा रहेको मिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा पैसा फिर्ता लिनेको भिड लागको छ ।
सहकारीलाई आफ्नो गोजीको कम्पनीजसरी चलाएर करिब १६ सय बचतकर्ताको निक्षेप रहेको सहकारीका कर्जाप्रमुख अनिल तुलाधारले संस्थाको पैसा हिनामिना गरेर संस्था समस्यामा गएको सूचना पाएका बचतकर्ता आफ्नो बचत फिर्ता लिन लाइन लागेको एक पीडितले बताए ।
पीडितका अनुसार असनबजारमा २०–२५ वर्षअघि सानोतिनो व्यापार गर्ने अनिल तुलाधार त्यसयता मिलन सहकारीमा आबद्ध भएका थिए । सहकारीमा आबद्ध भएपछि एकाएक उनको आर्थिक हैसियत माथि पुगेको, नयाँ गाडी, घर जग्गामा लगानी, सेयरबजारमा लगानी गरेको र बचतकर्तालाई झुक्याउन माहिर बनेको आरोप लागेको छ ।
कम्पनीमा अध्यक्ष भागवतकृष्ण श्रेष्ठ तथा सीईओ दिनेशबज्र बज्राचार्य भए पनि आफ्नो हालिमुहाली चलाउँदै आएका अनिल तुलाधारले सबै कर्जामा आफूअनुकूलको निर्णय गरेर दिएकाले अहिले संस्था समस्यामा गएको आरोप लाग्दै आएको छ । सहकारीले अहिले प्रतिग्राहक प्रतिहप्तामा बढीमा पाँच हजारका दरले भुक्तानी दिनेगरेको छ ।
सहकारीमा एक समय स्थानीय नेवारहरूले कसले बढी पैसा राख्ने भनेर प्रतिस्पर्धा समेत हुनेगरेको थियो भने पछिल्लो समय आफू तथा आफ्ना नातेदारको नाममा कर्जा लिएर आफ्नो निजी सम्पत्ति आर्जन गर्न लागेपछि संस्था समस्यामा गएको पीडितहरूले बताएका छन् ।
स्थानीयहरूले आफ्नै समुदायका व्यक्तिहरू मिलेर चलाएको सहकारी भनेर विश्वास गरेर बुढेसकालको सहारा भन्दै २० वर्षअघिदेखि बचत गरेको पैसा अहिले साँवा र ब्याज समेत सहकारीले नदिएपछि घर चलाउन नै समस्या परेको पीडितहरूको भनाइ छ । यस विषयमा कुरा गर्न पीडितहरू संस्थामा जाँदा कहिले अध्यक्ष नभएको त कहिले सीईओ नभएको भन्ने तथा कहिले तुलाधार आफू बाहिर छु भन्ने गरेर झुलाउने गरेको आरोप लागेको छ ।
सहकारीमा मुख्य भूमिकामा रहेको अनिल तुलाधारले आफ्ना लागि सम्पत्ति जोडेर सहकारीलाई समस्यामा पारी आफूहरूको घर चलाउन समेत समस्या पारेपछि केही पीडितहरू तुलाधारविरुद्ध सम्पति शुद्धीकरण विभागमा समेत उनको सम्पत्तिमा छानबिन गर्न निवेदन गर्न जान लागेको र अन्य सम्बन्धित निकायहरूमा समेत मुख्यतया अनिल तुलाधारको विषयमा छानबिन गर्न उजुरी गर्न जानलागेको स्रोतले बतायो ।
क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 1
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया