दोलखा । दोलखा प्रहरीले उत्तरी छिमेकी देश चीनबाट अवैधरूपमा भित्र्याइएको थप चार केजी सुन आइतबार बरामद गरेको छ । एक साताभित्र दोलखा प्रहरीले चिनियाँ नाकाबाट तस्करी गरेर ल्याएको ११ केजी सुन बरामद गरिसकेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म (बीओपी लामाबर)को संयुक्त टोलीले आइतबार बिगु गाउँपालिका–१ लामाबगरबाट थप चार केजी सुन बरामद गरेको हो । बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा आइतबार दिउँसो सो सुन बरामद गरेको दोलखाका प्रहरी प्रमुख दीपक खड्काले जानकारी दिए । यसअघि प्रहरीले बुधबार सिंगटीको जामुनेस्थित एक होटलबाट चार केजी र शुक्रबार सोही होटलबाट थप तीन केजी सुन बरामद गरेको थियो ।
यस्तै, प्रहरीले सो सुन तस्करीमा संलग्न ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले गत बुधबार सिंगटीबाट केशर तामाङ, पेम्बा तामाङ र माधव मगरलाई पक्राउ गरेको थियो । यस्तै, बिहीबार नुर्वु छिरिङ शेर्पा र सुनमाला तामाङलाई बिहीबार दिउँसो दोलखाको सदरमुकाम चरिकोटबाट, शुक्रबार राज तामाङलाई काठमाडौंबाट र आइतबार चसमान तामाङलाई लामाबगरबाट पक्राउ गरेको हो । पक्राउ परेका सबै बिगु गाउँपालिका–१ लामाबगरका स्थानीय हुन् ।
सुन तस्करहरूले स्थानीयको प्रयोग गरेका चीनबाट अवैध सुन भित्र्याएको हुन सक्ने प्रहरीको अनुमान छ । सुन कसले मगाएको हो भन्ने खुल्न बाँकी रहेको र खोज अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरू भरिया मात्रै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । चिनियाँ बजार फलाकबाट चीनको रोङजिया नाका हुँदै ११ केजी सुन पैदलमार्गबाट जिल्ला भित्रिएको अनुमानमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।
क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ट्याग : #Page 8
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया