सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखलाई करसम्बन्धी तालिम
काठमाडौं । करदाता सेवा कार्यालय गल्छीले धादिङका सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखहरूलाई करसम्बन्धी तालिम प्रदान गरेको छ । कार्यालयले जिल्लामा रहेका संघ, प्रदेश र स्थानीय तहका सम्पूर्ण सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखहरूलाई टीडीएस तथा ईटीडीएस प्रविष्ठीसम्बन्धी तालिम सञ्चालन गरेको हो ।
कार्यक्रममा सरकारी कार्यालयका ३५ जना आर्थिक शाखा प्रमुख सहभागी भएका थिए । सो कार्यक्रममा कर कार्यालय गल्छीकी कार्यालय प्रमुख शिखा वाग्लेले सरकारी निकायका अग्रीम कर प्रविष्ठीमा हुन सक्ने त्रुटि न्यूनीकरण तथा कर कानुनको पालना, कर्मचारीमा करसम्बन्धी सचेतनामा हरेक सरकारी निकाय र सोका आर्थिक शाखाको भूमिका सहयोगी हुने हुँदा यो तालिमले आगामी दिनमा अपेक्षित कर संकलन, कर छली नियन्त्रणमा सहयोगी हुने अपेक्षा लिएको बताएकी थिइन् । कोष तथा लेखा नियन्त्रण कार्यालय धादिङका प्रमुख रेशमकुमार खत्रीले आगामी दिनमा करदाता सेवा कार्यालयले कर संकलनमा अझ बढी क्रियाशील हुने अपेक्षा राखेको बताए । यस्तै, आगामी दिनमा कर कार्यालय गल्छी र कोलेनिकाबीच वित्तीय सुशासन कायम गर्न सहकार्य हुने बताए ।
तालिम कार्यक्रममा प्रशिक्षक हरिकुमार श्रेष्ठले करको कानुनी व्यवस्था र टीडीएस तथा ईटीडीएस प्रक्रियाबारे प्रस्तुति दिएका थिए । तालिममा सहभागी प्रशिक्षार्थीले कार्यालयमा सो सम्बन्धमा आएका समस्याको सम्बन्धमा जिज्ञासा राखेका थिए । उनीहरूले राखेको जिज्ञासाको कर अधिकृत शिखा वाग्ले, नासु प्रेमकुमार श्रेष्ठ र प्रशिक्षक हरि श्रेष्ठले समाधान गर्ने कोसिस गरेका थिए । साथै, कर कार्यालय गल्छीले आगामी दिनमा विभिन्न सरोकारवाला निकाय, व्यवसायी, कर प्रदायक, सार्वजनिक निकाय र नागरिकसँग यस्तै किसिमका कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने कार्यालय प्रमुख वाग्लेले प्रतिबद्धता समेत जनाएकी थिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया