Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशभारतीय रूपैयाँसहित ६२ वर्षीय जैनुल हक पक्राउ

भारतीय रूपैयाँसहित ६२ वर्षीय जैनुल हक पक्राउ


झापा । मेचिनगर नगरपालिका–६ स्थित भन्सार गेटबाट स्रोत नखुलेको तीन लाख २० हजार भारतीय रुपैयाँसहित भारत ठानाचोक केबुलटोल बस्ने ६२ वर्षीय जैनुल हकलाई प्रहरीले पक्राउ गरेको छ । उनी बुधबार बिहान पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको भारतीय पाँच सय दरका नोट पाँच सय थान, दुई सय दरका नोट दुई सय थान र एक सय दरका नोट तीन सय थान गरी जम्मा उक्त भारतीय रूपैयाँसहित पक्राउ गरेको हो । उनलाई उक्त भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार

तपाईको प्रतिक्रिया