सगरमाथा क्षेत्रमा ६२ टन बढी कार्गो ढुवानी
सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु विमानस्थलबाट चार महिनामा ६२ हजार किलो बढी कार्गो सगरमाथा क्षेत्र ढुवानी गरिएको छ । विमानस्थलबाट सन् २०२३ को जुलाईदेखि अक्टोबरसम्ममा ६२ हजार आठ सय ३६ किलो सामग्री हेलिकप्टर तथा जहाजमार्फत खुम्बु ढुवानी गरिएको हो ।
प्राधिकरणका एटीसी अफिसर प्रितम सापकोटाका अनुसार सबैभन्दा बढी सेप्टेम्बर महिनामा ३८ हजार एक सय ८६ किलो कार्गो ढुवानी गरिएको छ । जुलाईमा दुई हजार दुई सय २८ किलो, अगस्टमा सात हजार पाँच सय ७१ किलो र अक्टोबरमा १४ हजार आठ सय ५१ किलो कार्गो लुक्ला र स्याङ्बोचे ढुवानी गरिएको उनकोे भनाइ छ । ढुवानी गरिएका सामग्रीमा दाल, चामल, तरकारी, अण्डालगायत निर्माण सामग्रीहरू जस्तापाता, काठ, सिमेन्ट, रडलगायतका रहेको प्राधिकरणले जनाएको छ । पर्यटकीय क्षेत्र खुम्बुलाई सडक मार्गले जोडिनसकेका कारण त्यहाँ खाद्यान्न, लत्ताकपडादेखि निर्माण सामग्रीहरूको ढुवानीमा समेत हवाई मार्गको भर पर्नुपर्ने बाध्यता छ ।
जिल्ला सदरमुकाम सल्लेरीबाट माप्यदूधकोशी हुँदै विस्तार भएको सडकबाट खुम्बु पासाङ ल्हामु गाउँपालिका १ को थामडाँडासम्म मात्रै सवारी सञ्चालन हुँदै आएको छ । सडक विस्तार गर्ने क्रम जारी रहेकाले चालू आर्थिक वर्षभित्रै लुक्लालाई सडक मार्गले जोड्ने लक्ष्य राखेको छ । तर हालसम्म खुम्बु क्षेत्रमा सामग्री ढुवानीको भरपर्दो माध्यमको रूपमा हवाई मार्गलाई नै लिँदै आइएको छ । कतिपय सामग्रीहरू काठमाडौंबाट सिधै हेलिकप्टर तथा विमानमार्फत ल्याउने गरिएको छ भने केही मात्रामा सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट पनि ढुवानी गर्ने गरिएको छ । विमानमार्फत ढुवानी गरिएका सामग्रीहरू लुक्ला विमानस्थलमा पु¥याइन्छ भने हेलिकप्टरबाट ढुवानी गरिने कतिपय सामग्रीहरू स्याङ्बोचेमा पनि पु¥याउने गरिएको जनाइएको छ ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #page 20
ताजा अपडेट
- मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया