छठ पर्वसंगै डोम समुदायलाई बाँसका सामग्री बनाउन भ्याइ नभ्याइ
जलेश्वर । छठ पर्व आउन चार दिन बाँकी रहँदा डोम समुदायमा डालो, नाङ्लो र टालु टपरी बनाउन व्यस्त रहेका उनीहरुमा अहिले उल्लास छाएको छ ।
छठ पर्वमा विभिन्न परिकार पकाएर खाने गरेको सोही ठाउँ बस्ने ६० वर्षीया मालती डोमिनले बताइन् । जीवनका हरेक दुःख विर्सेर मिठो मसिनो खाने र राम्रो लगाउने पर्व छठ आउँदा आफूहरुलाई खुसी लागेको मनरासिस्वा नगरपालिकाका ५० वर्षीय बिजु डोमले बताए । कात्तिक लाग्ने वित्तिकै बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालुटपरी बनाउनमा तल्लीन रहने र यी वस्तु बजारमा बेच्दा मनग्य आम्दानी हुने गौशाला नगरपालिकाकी ५५ वर्षीया केवली डोमिनले बताइन् ।
छठपर्व मनाउनेले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाटै बनाइएका डालो, नाङ्लो र टालुटपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात बाँसबाट बनेका सामग्री आवश्यक पर्ने जनाइएको छ । सम्सी गाउँपालिकाका ६० वर्षीय बुधो डोमले छठ पर्वका लागि बाँस सामग्रीका सामानहरुबनाउने गरेको बताए ।
डालो, नाङ्लो र टालुटपरी बेचेर वर्षभरिकै लागि खर्च जोहो गर्ने गरेको जलेश्वर नगरपालिकाका रामजी डोमले बताए । त्यसैगरी जिल्लाको भङ्गहा नगरपालिकाका सिरिया डोमले घरका बालकदेखि बुढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति ४० देखि ५० हजार र प्रत्येक परिवारले दुई र तीन लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताए ।
दिनदिनै छठपर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुडा पुर्याउन डोम जातिलाई सकस भएको छ । अहिले जिल्लाको प्रत्येक पालिकाको गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैले बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया