Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतिहारमा मुलुकभर आपराधिक घटना सामान्य : नेपाल प्रहरी

तिहारमा मुलुकभर आपराधिक घटना सामान्य : नेपाल प्रहरी


काठमाडौँ । तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामन्य रहेको नेपाल प्रहरीले जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन् ।

“समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रह्यो । छिठफुट घटना भए पनि विगतका जस्तो ठूलो ‘ग्याङ फाइट’ भएको छैन । सडक दुर्घटना चाँही केही बढेको अनुमान गरिएको छ, केही दिनभित्रै त्यसको यकिन तथ्याङक सार्वजनिक गरिनेछ”, उनले भने ।

प्रवक्ता कडायतले तिहार आजसम्मै भएको र देशभरबाट तथ्याङक सङ्कलनको कार्य भइरहेकाले एक÷दुई दिनभित्रै तिहारको घटनाको विवरण आउने अपेक्षा गरे । तिहारको समयमा देशभर सडक दुर्घटना बढेको प्रहरीको अनुमान छ । दीपावलीमा केही ठूला आगलागीका घटना पनि भएका छन् । विगतका वर्षमा भन्दा यसवर्ष बढी जुवा तास खेल्ने पक्राउ परेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया