Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्च पुग्यो रिट

टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गर्दै सर्वोच्च पुग्यो रिट


काठमाडौं । सर्वोच्च अदालतमा टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै रिट निवेदन पुगेको छ । शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका अधिवक्ता दिनेश त्रिपाठीको रिट दर्ता प्रक्रियामा छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै अधिवक्ता त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका हुन्।

सामाजिक सञ्जालमा टिकटक बन्द गर्ने २७ कात्तिकको मन्त्रिपरिषद बैठकले निर्णय गरे अनुसार सरकारले सामाजिक सञ्जालमा टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्‍भाव बिगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया