Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचिसोले जाजरकोटमा दुईको मृत्यु

चिसोले जाजरकोटमा दुईको मृत्यु


जाजरकोट । जाजरकोटमा दुई जना वृद्धको चिसोका कारण मृत्यु भएको छ । भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । भूकम्पले घरमा क्षति पुगेपछि उनीहरु त्रिपालमा बस्दै आएका थिए ।

दमका दीर्घरोगी भएका कार्की र सिंह दुवैलाई चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् ।

बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा त्रिपालमुनिको बसाइँले बढी प्रभावित भएका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको बताए । उनका अनुसार यसअघि गत साता नलगाड–४ मा चिसोका कारण दुई जना दीर्घरोगीको ज्यान गएको थियो । चिसोले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धालाई असर पारेकाले त्यसको आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको प्रजिअ सुनारले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया