Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेनाद्वारा संचालित रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम

सेनाद्वारा संचालित रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम


काठमाडौं । नेपाल सेनाले संचालन गरेको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । चार दिनसम्म संचालित कार्यक्रममा नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा विभिन्न मिडिया हाउसहरूमा कार्यरत सञ्चारकर्मीहरूलाई जानकारी गराइएको थियो ।

नेपाली सेनाको साङ्गठनिक स्वरूप, जिम्मेवारी र भूमिका लगायतका विषयमा जानकारी गराउने उद्देश्यले मंसिर १७ गतेबाट पूर्वी पृतना हे.क्वा.इटहरीमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम यहि २० गते सम्पन्न भएको हो । समापन समारोहमा पूर्वी पृतनापति उपरथी आश बहादुर तामाङले कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

सोही अवसरमा उनले अभिमुखीकरण कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेका सबैलाई बधाई ज्ञापन गर्दैै यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमबाट सञ्चारकर्मीहरूलाई नेपाली सेनासम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता, स्पष्टता एवं शीघ्रता प्राप्त हुने विश्वास व्यक्त गरे ।

सञ्चालित अभिमुखीकरण कार्यक्रमका सहभागीहरूलाई नेपाली सेनाका विभिन्न निकायहरूको काम, कर्तव्य र जिम्मेवारीहरूका बारेमा प्रस्तुतीकरण गरिनुका साथै कोसीटप्पु वन्यजन्तु आरक्षको स्थलगत भ्रमण गराइएको थियो ।

विभिन्न मिडिया हाउसहरूमा कार्यरत सञ्चारकर्मीहरूलाई नेपाली सेनाको बारेमा जानकारी गराउने उद्देश्य अनुरूप जङ्गी अड्डालगायत पृतनास्तरमा यस किसिमको कार्यक्रम आयोजना गरिँदै आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया