Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न आग्रह

बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न आग्रह


लुम्बिनी । लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गरेका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय दूतावास, काठमाडौँद्वारा संयुक्तरूपमा शुक्रबार आयोजित सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव विषयको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन जना बुद्ध क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य प्रमाणित भएको भन्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनी क्षेत्र बौद्ध अनुसन्धानको केन्द्र हुनुपर्ने धारणा राखेका हुन् ।

उपाध्यक्ष डा. लामाले बुद्धको पवित्र जन्मस्थलबाट बौद्ध धर्मको सुरुआत भएको भन्दै विश्वकै शान्तिको स्रोत बुद्धको पवित्र जन्मभूमि लुम्बिनी रहेको समेत बताए । बौद्ध शिक्षाको महत्व विश्वभर भएको र बुद्ध धर्म आस्था मात्रै नभएर दर्शन र सिद्धान्त रहेको जिकिर गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया