Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज राती आकाश खुला रहेको अवस्थामा उल्का वर्षाको रमाइलो देखिने

आज राती आकाश खुला रहेको अवस्थामा उल्का वर्षाको रमाइलो देखिने


काठमाडौं । बिहीबार राति आकाशमा मिथुन उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताए ।

उनका अनुसार आकाश खुला रहेको अवस्थामा यो जुनसुकै ठाउँबाट पनि खुल्ला आँखाले हेर्न सकिने छ । मिथुन राशी अर्थात् जेमिनाईतिरबाट आएको जस्तो देखिने भएकाले यसलाई खगोलविद्ले ‘जेमिनिड्स’ नाम दिएको उनको भनाइ छ ।

उल्का वर्षा विभिन्न रङ्गमा देखिने छ । डा. शर्माका अनुसार यो उल्का वर्षा बिहीबार मध्यरातिदेखि भोलि बिहान ३–४ बजेसम्म अवलोकन गर्न सकिनेछ । अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ ।

यो धेरै सङ्ख्यामा देखिने भएकाले अरु उल्का वर्षाभन्दा यसलाई विशेष मानिएको शर्माको भनाइ छ ।पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया