Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशहेटौँडामा मानव सेवा आश्रमको आफ्नै भवन

हेटौँडामा मानव सेवा आश्रमको आफ्नै भवन


काठमाडौँ । हेटौँडा-९ लामसुरेधापमा मानव सेवा आश्रमले आफ्नै भवन निर्माण गरेको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सहयोगापेक्षीको आश्रय र सेवाका क्षेत्रमा काम गर्दै आएको संस्थाले करिब रु. १४ करोड लागतमा भवन निर्माण गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्सिर ३० गते सो भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भवनको पूर्णताका लागि महजात्रा, श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञलगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । हालसम्म भवन निर्माणका लागि विभिन्न सरकारी निकायबाट रु. एक करोड १७ लाख ७३ हजार पाँच सय ७० र चन्दा सङ्कलनबाट रु. ११ हरोड ९१ लाख २६ हजार ९६० प्राप्त भएको संस्थाको भनाइ छ ।

फलफूल र दूधमा आत्मनिर्भर बन्दै गइरहेको मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडाले दुई सय ५० जना मान्छे र एक दर्जनभन्दा बढी गाइवस्तुको मलमूत्रलाई खाना पकाउने इन्धनमा रूपान्तरण गरेको छ । महिला, पुरुष, बालबालिका, अशक्त र वद्धवृद्धाहरूलाई छुट्टाछुट्टै राखेर सहयोगापेक्षीमैत्री सेवा प्रवाह गर्दै आइरहेको मानव सेवा आश्रमले दिगो सञ्चालनका लागि गाईपालन, अर्ग्यानिक तरकारी र फलफूल खेती गर्दै आएको छ ।


क्याटेगोरी : समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया