Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसत्तागठबन्धनमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट

सत्तागठबन्धनमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट


काठमाडौँ । सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सिट बाँडफाँट गरेका छन् । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले छ, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको नेता लेखकले बताए । बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ । उम्मेदवार टुङ्गो लगाउन उक्त निर्णय लगत्तै बालुवाटारमा माओवादी केन्द्रको बैठक सुरु भएको छ । साथै सानेपास्थित पार्टी कार्यालयमा नेपाली कांग्रेसको बैठक सुरु भएको छ ।

आइतबार मतदाता नामावली प्रकाशन र भोलि सोमबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि तय गरिएको छ । मनोनयन दर्तापछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुनेछ भने मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशित हुनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया