Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएफएओका महानिर्देशकको राष्ट्रपतिसँग भेट

एफएओका महानिर्देशकको राष्ट्रपतिसँग भेट


काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक डा. क्यू डोङ्ग्यूको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेको छ ।

शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले कृषिलाई सम्मानित र आकर्षक पेसा बनाउन सके नेपाल आत्मनिर्भर हुनसक्ने उल्लेख गर्दै यसमा नेपालले विश्व खाद्य सङ्गठनबाट सहयोगको अपेक्षा गरेको बताए ।

राष्ट्रपति पौडेलले पानीको स्रोत संरक्षण गर्न र जलवायु परिवर्तनले कृषि उत्पादनमा पारेको प्रभाव न्यूनीकरण गर्नेतर्फ अब विश्व समुदायको ध्यान जानुपर्नेमा जोड दिए । जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा पनि परेको उल्लेख गर्दै पौडेलले एफएओलाई नेपालको विशिष्ट जलवायु संवेदनशीलतालाई बुझ्न र त्यसका लागि वित्तीय, प्राविधिक र क्षमता विकाससँग सम्बन्धित संशाधनमा वृद्धि गर्न आग्रह गरे ।

सो अवसरमा महानिर्देशक डोङ्ग्यूले नेपालको कृषि क्षेत्रको क्षमता अभिवृिद्धका लागि प्राविधिक सहयोग गर्न कृषि तथा खाद्य सङ्गठन सदैव तयार रहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया