Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षावडाध्यक्ष शेर्पाले व्यक्तिगत खर्चमा गाउँमा जोडे इन्टरनेट

वडाध्यक्ष शेर्पाले व्यक्तिगत खर्चमा गाउँमा जोडे इन्टरनेट


सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराएका छन् । उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन् ।

इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडासदस्य भलाकाजी कार्कीले जानकारी दिए । उनले भने, ‘जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो । साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाइ सेवा उपयोगी छ ।’

उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पा बताउछन् । उनले भने, ‘इन्टरनेटको सहज पहुँच भएपछि विद्यार्थी, अभिभावक, सुरक्षाकर्मीलगायत लाभान्वित हुन्छन् ।’ राससले जनाएनुसार इन्टरनेट सेवा नि:शुल्क पाएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् । सुरुआतमा लाग्ने इन्टरनेट जडानखर्चसहित वार्षिकरुपमा तिर्नुपर्ने इन्टरनेट खर्च १२ हजार पाँच सय रुपैयाँ वडाध्यक्ष शेर्पाले नै बेहोरेका हुन् ।


क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार

तपाईको प्रतिक्रिया