Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगयती एयरलाइन्सले भित्र्यायो दुई ‘एटिआर–७२’ विमान

यती एयरलाइन्सले भित्र्यायो दुई ‘एटिआर–७२’ विमान


काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई ‘एटिआर–७२–५००’ विमान भित्र्याएको छ । यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दुबै विमान बिहिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

यतीले एकैपटक दुई विमान थपेको हो । यो सँगै यतीसँग एटीआर–७२ विमान सात पुगेको छ । थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एक साताभित्रै विमानले उडान गर्ने जनाइएको छ ।


क्याटेगोरी : पर्यटन उधोग, समाचार

तपाईको प्रतिक्रिया