Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेलम्ची खानेपानीका १० वितरण सञ्जाल हस्तान्तरण

मेलम्ची खानेपानीका १० वितरण सञ्जाल हस्तान्तरण


काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय(पीआईडी)ले मेलम्चीको खानेपानी वितरणको लागि १० वटा वितरण सञ्जालको स्वामित्व हस्तान्तरण गरेको छ ।

खानेपानीमन्त्री महिन्द्र राय यादव, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको उपस्थितिमा काठमाडौंमा आयोजित केयूकेएलको १६औँ वार्षिकोत्सवमा ती वितरण सञ्जालहरूको स्वामित्व हस्तान्तरण गरिएको हो । पीआईडीका आयोजना निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा सञ्जीव विक्रम राणालाई स्वामित्व हस्तान्तरण गरेका थिए । सोही अवसरमा आयोजनाबाट स्वामित्व प्राप्त भएका ती सञ्जालको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी बोर्डले केयूकेएललाई हस्तान्तरण गरेको छ ।

पीआईडीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिच्छ्याइएका खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षणलाई तीव्रता दिँदै आएको जनाएको छ । सात महिनाको अवधिमा दोस्रोपटक थप १० वटा वितरण सञ्जालको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिएको पीआईडीका प्रवक्ता ई चन्द्र कुमार पाँ श्रेष्ठले जानकारी दिए । मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा आएलगत्तै नयाँ खानेपानी वितरण सञ्जालको परीक्षणलाई तीव्रता दिएर ती सञ्जालहरूको स्वामित्व हस्तान्तरण गरिएको हो । करिब दुई अर्ब सात करोड मूल्य बराबरका दुई सय ७८ किमि खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

यसअघि, गत असारमा करिब ४० करोड १४ लाख मूल्य बराबरका ७५ कि.मि. खानेपानी वितरण सञ्जाल हस्तारण गरिएको थियो । हालसम्म हस्तान्तरण गरिएका वितरण सञ्जालका कुल तीन सय ५० किमि खानेपानी वितरण प्रणालीबाट २३ हजार घरमा मिटर जडान भई मेलम्चीको पानी वितरण हुँदै आएको बताइएको छ । यस्तै, बिच्छ्याइएका कुल एक हजार १० किमि वितरण सञ्जालमध्ये हस्तान्तरण हुन बाँकी रहेको करिब छ सय ६० किमि वितरण सञ्जालको अन्तिम परीक्षण गर्ने कार्य थालिएको छ । ती वितरण सञ्जालहरू आगामी असारसम्म हस्तान्तरण गर्नेगरी कार्य अगाडि बढाइएको पीआईडीले जनाएको छ ।

यसैगरी, २०७९ साल माघमा बोर्डलाई स्वामित्व हस्तान्तरण गरिएका कुल नौ अर्ब ६२ करोड मूल्य बराबरका थोक वितरण प्रणाली र पानी ट्याङ्कीहरू हाल सञ्चालनमा रहेका छन् । नयाँ वितरण प्रणालीबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावटको समस्या नहुने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया