विद्युत् निर्यात गर्न बङ्गलादेशसँगको वार्ता सकारात्मक
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीचको विद्युत् बिक्री वार्ता सकारात्मकरूपमा अगाडि बढेको छ । आगामी वर्षायामदेखि बङ्गलादेशमा विद्युत् निर्यात गर्ने गरी प्राधिकरण र बीपीडीबीबीच सहमति भएको छ ।
दुवै पक्षबीच जतिसक्दो छिटो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बीपीडीबीअन्तर्गतको बोलपत्र मूल्याङ्कन समितिबीच बङ्गलादेशको ढाकामा वार्ता भएको हो । विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाबारे विस्तृतरूपमा छलफल भएको र यसलाई अन्तिमरूप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।
‘बीपीडीबीले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत् बिक्रीको परिणामसहितको बोलपत्र पेस गरेका थियौँ, हामीले पेस गरेको प्रस्ताव र सम्झौतामा राखिने बुँदाबारे विस्तृतरूपमा छलफल गर्यौँ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘उनीहरूले पनि माथिल्लो निकायबाट स्वीकृति लिनुपर्ने रहेछ, स्वीकृतिलगायतका प्रक्रिया जतिसक्दो छिटो सम्पन्न गरेर आगामी वर्षायामबाटै नेपालबाट विद्युत् खरिद गर्नेगरी सम्झौतामा सहमति जुटेको छ ।’
प्राधिकरणले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ तारिखसम्म वर्षायामका छ महिनामा ४० मेगावाटसम्म विद्युत् निर्यातका लागि बङ्गलादेशसमक्ष प्रस्ताव पठाएको छ । विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको बताइएको छ । नेपालले ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारण लाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता हुने प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- सभापति देउवा र प्रधामन्त्री दाहालबीच भेटवार्ता
- स्वास्थ्य सेवा बिस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरेको छ: प्रधानमन्त्री
- पृथ्वीसँग सौर्य आँधी ठोक्किएपछि उत्तरी गोलार्धकाे आकाश रङ्गिन देखियो
- जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
- सार्वजनिक ऋण व्यवस्थापनको सकस
- सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
- कम्पनीको नाम राख्दा के ध्यान दिने ?
- विवादमा तानिएका राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालद्धारा राजीनामा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया