Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन


काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ । इलामको क्षेत्र नम्बर दुई र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा वैशाख १५ शनिबार उपनिर्वाचन गर्ने आयोगले जनाएको छ । आयोगको आइतबार बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा सो मिति तोकिएको आयोगका सहायक प्रवक्ता डा थानेश्वर भुसालले जानकारी दिए ।

इलाम क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

२०७९ मंसिरमा भएको निर्वाचनमा इलाम २ बाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ । यस्तै, प्रदेशसभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए । उनको दुर्घटनामा निधन भएको थियो । संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्य र धारा १८० को खण्ड (च) बमोजिम सुदूर पश्चिम प्रदेशको प्रदेशसभा सदस्यको स्थान रिक्त भएको जानकारी आयोगमा प्राप्त भएकाले आयोगले उपनिर्वाचन गर्न लागेको जनाएको छ । कुनै सदस्यको स्थान, प्रतिनिधिसभा वा प्रदेशसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो । सोही प्रक्रियाद्वारा पूर्ति गरिने संवैधानिक व्यवस्था छ ।

मतदाता नामावली दर्ता कार्य स्थगन : यस्तै, आयोगले मतदाता नामावली दर्ता कार्य स्थगन गर्न निर्देशन दिएको छ । उपनिर्वाचनको मिति घोषणा भएकाले हाल नियमितरूपमा भइरहेको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने आयोगले निर्णय गरेको छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्यवस्था रहेको आयोगले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया