Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसीईओ न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सीईओ न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति


काठमाडौं । उच्च अदालत पाटनले कमसल धितो राखी बढी कर्जा प्रवाह गरेको आरोपमा पक्राउ परेका सेञ्चुरी बैंकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ  ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न आज प्रहरीलाई अनुमति प्रदान गरिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार एवम् प्रवक्ता तीर्थराज भट्टराईले राससलाई जानकारी दिए ।

सीईओ न्यौपानेसहित ११ जनालाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न पनि मंगलबार म्याद थप भएको छ  । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गएको माघ १५ गते उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया